Dhulikhel Eco Banner new

अवैध सुन प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन : व्यवसायी मलहोत्रा

12.97K
shares

काठमाडौं, ४ साउन । व्यवसायी दिपक मलहोत्राले अवैध सुन प्रकरणमा कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन मार्फत त्रिभुवन विमानस्थानबाट भित्रिएको एक क्वीन्टर सुनमा आफ्नो संंलग्नता नभएको बताएका हुन् ।

‘सुन ल्याउने गिरोहलाई जोगाउनलाई नै मेरो नाम जोडिएको हुनुपर्छ,।’ उनले भने, ‘सुन ल्याउने व्यक्तिहरुसंग मेरो कुनै पनि चिनजान छैन ।’

उनले आफ्नो फोटो सहित नयाँ पत्रिकामा आएको समाचार असत्य र कपोकल्प्ति रहेको दावी गरे । उनले त्यो समाचाचर लेख्ने पत्रकार र प्रकाशन गर्ने माध्ययमले माफी नमागे कानूनी बाटोमा जाने समेत उनले बताएका छन् ।