सुन प्रकरण आफ्नो उपस्थिती नरहेको मलहोत्राको दावीदेखि प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरीसम्म
वि.सं.२०८० साउन ५ शुक्रवार ०६:००
shares

काठमाडौं, ५ साउन । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा केहि गिरावट आएको छ । आज १ दशमलव ३१अंकले गिरावट आएको शेयर बजार परिसूचक २१६३ दशमलव ९२ विन्दुमा पुगेको छ ।
बिहीबार २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । आज ० दशमलव ०५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४१० दशमलव ५२ विन्दुमा पुगेको छ ।
आज ५ सयले बढेको सुनले नयाँ रेकर्ड कायम गर्दै
सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा पुगेको छ । यो सुनको भाउमा हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, ४ साउन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन पास गराएको भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गर्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका हुन्।
प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी
अध्यक्ष बस्नेतले आफुलाई सूचना आएको कपोलकल्पित हवाला दिंदै आज फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि सुन पास गराएको आरोप लगाएका थिए। यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक संजालमा अतिरन्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ।
साथै गृहमन्त्रीलाई इंगित गर्दै एक रुपैयाँ पनि आम्दानी नभएका सादगीू व्यक्तिले दैनिक ५० हजार खर्च गर्ने गरेको दाबी समेत बस्नेतले स्टाटसमा गरेका छन्। सल्लाहकार गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्रीप्रति झुठो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानुन अन्तर्गत आवश्यक कार्वाही गर्न साइबर ब्युरोलाई अनुरोध गरेका गरेका छन्।
अवैध सुन प्रकरणमा मेरो कुनै पनि संलग्नता नरहेको व्यवसायी मलहोत्राको दावी
व्यवसायी दिपक मलहोत्राले अवैध सुन प्रकरणमा कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन मार्फत त्रिभुवन विमानस्थानबाट भित्रिएको एक क्वीन्टर सुनमा आफ्नो संंलग्नता नभएको बताएका हुन् ।
‘सुन ल्याउने गिरोहलाई जोगाउनलाई नै मेरो नाम जोडिएको हुनुपर्छ,।’ उनले भने, ‘सुन ल्याउने व्यक्तिहरुसंग मेरो कुनै पनि चिनजान छैन ।’
उनले आफ्नो फोटो सहित नयाँ पत्रिकामा आएको समाचार असत्य र कपोकल्प्ति रहेको दावी गरे । उनले त्यो समाचाचर लेख्ने पत्रकार र प्रकाशन गर्ने माध्ययमले माफी नमागे कानूनी बाटोमा जाने समेत उनले बताएका छन् ।
शिवचन्द्रसहित ५ जनालाई जनमत पार्टीले गर्यो कारबाही
जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले ५ जनालाई अनुशासनको कारबाही गरेको छ । जनमत पार्टीको नीति, निर्देश र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकाले कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका ई प्रमुख . दिपक कुमार साहले बताए ।
कारबाहीमा पर्नेमा बाराको उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा समेत छन् । उनी उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । कुशवाहालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
सप्तरीका गुलाब मण्डल, शंकर खड्का र भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवान दास यादवलाई निलम्बनको कारबाही गरिएको छ । कारबाही पश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहार अनुसार कारवाही फुकुवा वा थप कारबाही हुनसक्ने अनुशासन समितिले जनाएको छ ।
















