Dhulikhel Eco Banner new

नेपाल टेलिकमको १० लाखको रिचार्ज कार्ड हरायो

8.48K
shares

काठमाडौं, २४ साउन । नेपाल टेलिकमले १० लाखको रिचार्ज कार्ड हराएको छ । टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको हो ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको छ। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ।

ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई सूचनामा आग्रह गरिएको छ।