Dhulikhel Eco Banner new

लामो बिदा मागेपछि बालेन शाहले हटाए योजना आयोगका उपाध्यक्ष

9.85K
shares

काठमाडौं, ३२ साउन । लामो बिदा मागे पछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सहरी योजना आयोगका उपाध्यक्षको जागिर नै चैट बनाइदिएका छन् । महानगरको योजना आयोगका उपाध्यक्ष तपेन्द्र खढ्काले खरायसी कारण देखाउदै लामो बिदा मागेका थिए । धेरै लामो बिदा मागे पछि बालेन शाहले पदबाटै राजीनामा दिन लगाएका हुन् ।

सहरी योजना आयोग संघीय सरकारको योजना आयोग भने जस्तै हो । संघीय सरकारको योजना आयोगको अध्यक्ष प्रधानमन्त्री नै हुने व्यवस्था जस्तै महानगरको सहरी योजना आयोगको अध्यक्ष मेयर शाह हुन् । मेयर चाहेका व्यक्तिलाई आयोग उपाध्यक्ष राख्ने वा हटाउने गर्न सक्ने व्यवस्था छ ।

बालेनको दवावपछि रिक्त उपाध्यक्ष पदमा अब बस्ने महानगर कार्यपालिकाले नयाँ नियुक्ति गर्ने तयारी छ । महानगर श्रोतका अनुसार सम्भवतः बालेन शाहले डा। सुमननरिसंह राजभण्डारीलाई उपाध्यक्ष नियुक्त गर्नेछन् । राजभण्डारी बालेनका अति निकट इञ्जीनियर हुन् ।