आचार्य समाज काठमाडौंको अधिवेशन शुक्रबार, को बन्ला नयाँ अध्यक्ष
वि.सं.२०८० साउन ३२ बिहीवार १०:१७
6.38K
shares
shares

काठमाडौं, ३२ साउन । आचार्य बन्धु समाज नेपाल, काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशन भदौ १ गते शुक्रबार हुने भएको छ । शुक्रबार स्म्पन्न हुने जिल्ला शाखाको अधिवेशनले नयाँ नेतृत्व समेत चुन्ने छ ।
अहिले काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्य रहेका छन् । सरल र मिलनसार स्वभाव भएका रामजी नै पुनः अध्यक्ष चुनिने सम्भावना छ । सबैले उनलाई नै कार्यकाल दोहोर्याउन अनुरोध गरेका छन् । अधिवेशन शुक्रबार ३ बजे कृष्णभोग पार्टी प्यालेस मध्यबानेश्वरमा बोलाइएको छ ।















