Dhulikhel Eco Banner new

मेरो फिल्म हेरिदिनुस् भन्दै कलेजमा केकी अधिकारी

13.3K
shares

काठमाडौं, १ भदौ । आगामी भदौ ८ गतेबाट प्रदर्शन हुने चलचित्र ‘जय हो’ को टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ ।

सिंगो टिमले शुक्रबार विहान चुच्चेपाटी स्थित मनास्लु कलेज पुगेर ‘जय हो’ कोे प्रचार गरेको छ । कलेजका करिब एक हजार विद्यार्थीमाझ मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई ‘जय हो’ को बारेमा जानकारी दिएका थिए ।

सिनेमाका मुख्य अभिनेता सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ्ग गाएर सुनाएका थिए । करिब एक घन्टा जय हो टिमले विद्यार्थीसँग विताएको थियो । निर्माण टिमका अनुसार विद्यार्थीले सिनेमाको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई सिनेमाबाट आशावादी छन् । सुरज ल्वागन ‘सरकार’ र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।