Dhulikhel Eco Banner new

शेयर बजार ओरालो लाग्ने क्रम जारी, कारोबार रकममा पनि छैन सुधार

4.81K
shares

काठमाडौं, ३ भदौ । पहिलो समय शेयर बजार ओरालो लाग्ने क्रम जारी नै रहेको छ । साताको शेयर बजार कारोबारको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज आइतबार २१ दशमलव ९९ अंकको गिरावट आएको छ । आज २१अंकले घटेको शेयर बजार २०११ दशमलव १४ विन्दुमा पुगेको छ ।

आज २६९ कम्पनीका ४४ लाख ६९ हजार ४६९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव २५ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३८४ दशमलव १२ विन्दुमा पुगेको छ ।