नीति कम, कार्यक्रम धेरै : अर्थविद् अधिकारी
वि.सं.२०७९ जेठ १० मंगलवार १९:४४
shares

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा नीत कम र कार्यक्रम धेरै रहेको अर्थविद डा. चन्द्रमणी अधिकारीले बताए । केटीएम भ्वाइससँगको कुराकानीमा अर्थविद अधिकारीले यसपालिको नीति तथा कार्यक्रममा पनि पहिले कै निरन्तर्ता मात्रै भएको बताएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम सुन्दा राम्रो लाग्ने भए पनि कार्यान्वयनको पाटोमा फितोलो हुने अघिल्ला वर्षहरुको नजिर रहेको भन्दै यो नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको उनको भनाई छ । अघिल्लो वर्षको नीति तथा कार्यक्रम पनि खराक थिएन तर कार्यान्वयन कमजोर देखियो । चालू आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट १० महिनाको अवधिमा पुजीगत खर्च ३२ प्रतिशत मात्रै रहेको छ । सरकारले ल्याएको नीति अनुसार बजेट ल्याएर त्यसलाई कार्यान्वयन गर्न तर्फ सरकारको ध्यान केन्द्रित हुनु पर्ने उनले बताए ।
पछिल्लो समय विश्वभर नै मूल्यवृद्धि भइरहेको दृष्टान्त दिदै अधिकारीले भने–‘नेपालको सरकारी निकायले सार्वजनिक गर्ने मूल्य वृद्धिको तथ्यांक र वास्तविक तथ्यांक नै फरक पर्छ ।’ अहिले नेपालको वैदेशिक मुद्रा सञ्चिती कम भएको अवस्था त्यसलाई समेट्ने किसिमको नीति आउने पर्ने तर आएको छैन, सायद बजेटमा आउला अधिकारीले भने ।
सरकारले ल्याउने नीति तथा कार्यक्रम साथै बजेट पनि सुन्दा आनन्द आउने किसिमका हुने तर कार्यान्वयनमा जाँदा भने समस्या हुने गरेको उनले सुनाए । साथै नेपालमा निर्धारीत समयभित्र आयोजनाहरु सम्पन्न हुन नसक्ने समस्याले पनि अर्थतन्त्रमा प्रभाव पार्ने गरेको उनको भनाई छ ।
साराशंमा भन्दा नीति तथा कार्यक्रम ठिकै हो, बजेटमा कसरी आउँछ र त्यसलाई कार्यान्वयन कसरी गरिन्छ त्यो हेर्न बाँकी रहेको अर्थविद अधिकारीले बताए । उनले नीति तथा कार्यक्रम समयमै नआएको समेत बताए । जसका कारण नीति तथा कार्यक्रममा प्रयाप्त छलफल हुने समय नै नहुने उनको धारण छ । बैशाख महिनामा नै नीति तथा कार्यक्रम आउनु पर्ने थियो । जसले प्रयाप्त छलफल हुन पाउँथ्यो ।


















