Dhulikhel Eco Banner new

अनलाइन अर्डरले व्यापार घट्यो

15.07K
shares

काठमाडौं, ७ असोज । काठमाडौं नयाँ बजारमा गिताञ्जली चोक र मेडिकल चोकको बिचमा छ फेमिली फेशन हाउस । महिला र पुरुषका लागि विभिन्न थरिका लुगा कपडा पाइने उक्त पसलका सञ्चालक सुदर्शन भट्ट दशैं छेकोमा व्यापार हुनेमा आशावादी छन् ।

विगतका वर्षमा हो भने अहिले नै भ्याई नभ्याई हुन्थ्यो । तर, यसपाली चाप छैन । सुदर्शन भन्छन् ‘पोहोर परार कुशे औंशीदेखी नै भिड हुन्थ्यो यसपाली तीजमा पनि खास व्यापार भएन ।’ उनको भनाई अनुसार जनै पूर्णिमामा दाजु भाईलाई उपहार दिन र कुशे औंशीमा बुबालाई उपहार दिन लुगा कपडा किन्थे यसपाली त्यस्तो केही भएन । गत वर्षको तुलनामा ९० प्रतिशत व्यापार घटेको धारणा राख्ने भट्ट आर्थिक मन्दीको असर आफ्नो व्यापारमा परेको बताउँछन् ।

हिन्दुहरुको ठूलो चाड दशैंमा भने राम्रै व्यापार हुनेमा आशावादी छन् । त्यसो त नयाँ बजार फेन्सी व्यवसायी संघले ग्राहक लक्षित आकर्षक उपहार कुपन पनि सार्वजनिक गरेको छ । ‘हाम्रो क्षेत्रका ग्राहकहरुका लागि त छँदैछ । अन्य क्षेत्रकालाई पनि यहाँ तानौं भनेर यो उपहार कुपन ल्याएका हौं ।’ उनले भने ।

उनको भनाई अनुसार प्रत्येक एकहजारको सामान खरिद गर्नेले एकहजारको कुपन पाउछन् भने आउदो मंसिर ४ गते फलफूल चोकमा लक्कि ड्र मार्फत उपहार सार्वजनिक गर्ने योजना छ ।
बिगत चार वर्षदेखी व्यवसाय सुरु गरेका भट्टले यो खालको संकट यसअघि कहिल्यै भोगेका थिएनन् । अन्तराष्ट्रिय क्षेत्रमै आर्थिक संकट परेकाले व्यापारमा असर देखिएको बुझेका छन् ।

अनलाइनले व्यापार घट्यो
पछिल्लो समय अनलाइन सपिङले पनि व्यापार घटेको अनुभव गरेका छन् उनले । कतिपय व्यक्तिले अनलाइन अर्डर गरेर सामान लिने गरेका छन् अचेल । तर, पसलमै पुगेर छानेर कपडा किन्नुको मज्जा अनलाइनमा हुन्न भन्ने लाग्छ उनलाई ‘पसलमा आएर छामेर, लाएर किने जस्तो फोटो हेरेर किन्दा मज्जा आउदैन ।’ उनले भने ।

१० प्रतिशत नाफा खान पनि गाह्रो 
सामान्यत बैंकमा लोन लिए वापत १५ प्रतिशत व्याज तिनुपर्छ । व्यवसायीले सामान बिक्री गरेर २० प्रतिशत नाफा खान पाउने भए पनि अहिले त्यो सम्भावना नरहेको भट्टको बुझाई छ । उनको भनाई अनुसार फेन्सी पसलले नयाँ सामान राख्नै पर्छ भने पुराना सामान पनि कटाउन पर्ने वाध्यता हुन्छ । उनी भन्छन् ‘कतिपय सामान त हामी घाटा खाएर पनि सेलमा राख्छौं ।’

तस्विर : उज्जल पौडेल

Follow Up

नयाँ बजारका व्यवसायी दशैं कुरेर बसेका छन् : राजेन्द्रबाबु श्रेष्ठ

नयाँ बजारका व्यवसायी दशैं कुरेर बसेका छन् : राजेन्द्रबाबु श्रेष्ठ

जसको अहिलेसम्म पासपोर्ट बनेको छैन (भिडियाेसहित)

जसको अहिलेसम्म पासपोर्ट बनेको छैन (भिडियाेसहित)

भिडियो हेरेर ग्राहक आउन थाले (भिडियाेसहित)

भिडियो हेरेर ग्राहक आउन थाले (भिडियाेसहित)