Dhulikhel Eco Banner new

लघुवित्तको जति अधिकार हो त्यो भन्दा धेरै दिन हुँदैन : जनार्दन देव पन्त

14.92K
shares

निर्धन उत्थान लघुवित्तका पूर्व सिईओ जनार्दन देव पन्त लघुवित्तका विज्ञ मानिन्छन् । नेपालमा गरिबी घट्नुमा रेमिट्यान्स र लघुवित्तको भुमिका अहं छ भन्ने लाग्छ उनलाई । विभिन्न सञ्चार माध्यममा अर्थकेन्द्रित लेख लेख्ने पन्तका लघुवित्तसंग सम्बन्धित पुस्तक पनि प्रकाशित छन् । उनै पन्तसंग गरिएको कुराकानी :

अहिले नेपालमा लघुवित्तको स्थिती कस्तो छ ?

अहिलेको स्थिती पुरै पैसा उत्पादन प्रक्रियामा गइसकेको छैन । लघुवित्तको सिद्धान्त विपरित पनि केही रकमहरु गएका छन् । त्यसलाई हामीले विस्तारै रोक्दै निर्माण र उत्पादनमा लैजानु पर्छ ।

सरकारले लघुवित्तलाई मर्ज गर्ने निती लिएको छ । ति मध्ये कति मर्ज भए पनि, मर्ज भएपछि कस्तो असर देखिएको छ ?

मर्ज हुनु राम्रै हो । संस्थाहरुको लागत घट्छ । मुख्य कुरा चाहिँ कतिपय लघुवित्तहरु लक्षित समूह भन्दा बाहिर गए । लक्षित समुह भन्दा बाहिर जानु हुन्न । लक्षित समुह भन्दा वाहिर जाने छुट कसैलाई पनि छैन । लघुवित्तको विस्तार गर्न लघुवित्तहरुले नै भूमिका खेल्नुपर्छ । राष्ट्र बैंकले कडाई गर्ने भन्दा पनि लघुवित्तकर्मीहरु नै स्वमं नियममा बस्नु पर्छ । आफ्नो भिजन मिसन बिर्सनु हुन्न ।

लघुवित्तलाई काम गर्न कत्तिको गाह्रो छ ?

खासै गाह्रो छैन । लघुवित्त मानविय काम हो ।

लघुवित्तले धेरै व्याज लियो भन्दै कतिपय ठाउँमा विरोध पनि भएको छ नि खास कुरा के हो ?

खासकुरा १५ प्रतिशत भन्दा बढी कसैले पनि लिन पाउँदैन, त्यो कानुनमै छ । धेरै व्याज लिएको छैन, धेरै ब्याज लियो भनेको चाँही नबुझेर हो । १५ प्रतिशत भन्दा बढी कसैले लिन पाउँदैन, लिएको छैन ।

लघुवित्तबाटै ऋण लिएर जीवन सुधारेका उदहारण पनि त होला ?

धेरै छन् । लाखौँ उदाहरण छन् । त्यस विषयमा हामी हरेक वर्ष किताब पनि निकाल्छौं । जबसम्म विपन्न वर्गले आफूसँग भएको स्रोत र साधन उपयुक्त ढङ्गले परिचालन गर्न सक्दैनन्, तब सम्म वित्तीय साक्षरता आवश्यक हुन्छ । वित्तीय साक्षरताको अवस्था कमजोर भएको कारण पनि लघुवित्तमा यस्तो अवस्था आएको हो । वित्तीय साक्षरता भएको भए एकै व्यक्तिले धेरै ठाउँमा कर्जा लिदैन थिएँ ।

लघुवित्तबाट ऋण लिन के के प्रक्रिया पुरा गर्नु पर्छ ?

प्रकिया लामो हुन्छ । उनीहरुलाई स्किील ट्रेनिङ दिनु पर्छ । वित्तीय साक्षरता चाहिन्छ । अनि बल्ल लोन लिनु पर्छ । व्यवसायिक साक्षरता जान्नुपर्छ । जस्तो २० वटा बाख्रा पाल्दा २ लाख नाफा हुन्छ वा २० वटा वङ्गुर पाल्दा ४ लाख नाफा हुन्छ भने त्यो ४ लाख नाफा हुने काम गर्दा फाइदा हुन्छ भन्नेमा सचेत हुनु पर्छ ।

लघुवित्त र सर्वसाधारणविच सम्बन्ध राम्रो हुन सरकारले के गर्नु पर्ला ?

सरकार आफैं मात्रै केही होइन । सबै हामी आफैंले गर्ने हो । प्रतिनिधी भएर जाने हो । लघुवित्तका लागि पोलिसीहरु राम्रै ल्याइरहेको छ । डिमाण्ड भन्दा सप्लाई धेरै भएर पनि अहिले समस्या आएको हो । लघुबित्तलाई जति अधिकार दिने हो त्यो भन्दा धेरै दिन पनि हुँदैन ।