वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन
वि.सं.२०८० असोज ८ सोमवार १५:२०
3.93K
shares
shares

काठमाडौं, ८ असोज । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानमा खुलेको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ ।
लहान नगरपालिका, सिरहा ६ गणेश चोकमा रहेको कार्यालयको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको उद्धघाटन गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्यमन्त्री सरोजकुमार यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले बाणिज्य बैंकसँग सहकार्य गर्ने धारणा राखे । बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको उनको भनाई थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै ब्यवसायीहरुलाई बाणिज्य बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गरे । उनले विपन्नवर्गको सशक्तिकरणका लागि विना धितो कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको उनको भनाई थियो ।
बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा ब्रान्च अपरेशन विभागका प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संघीय सांसदहरु रामशंकर यादब, गंगाप्रसाद यादब तथा प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाशको सहभागित थियो । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको सहभागिता थियो । त्यस्तै कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएसलगायतका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।















