Dhulikhel Eco Banner new

मोहर डिजिटल प्रालिको अनुमति पत्र खारेज

4.64K
shares

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्ने गरी ३० भदौ २०७६ मा अनुमति पत्र पाएको उक्त संस्थाको अनुमति रद्द गरेको राष्ट्र बैंकले जनाएको हो ।

‘भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फस्र्यौट विनियमावली (प्रथम संसोधन,२०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको ब्यहोरा सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ ।