बराहक्षेत्रमा भएको भ्रष्टाचारको फायल खोली कारबाही गर्छुः मेयर कार्की
वि.सं.२०७९ जेठ ११ बुधवार १५:१२
shares

सुनसरी, ११ जेठ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले अहिले सम्म भएको भ्रष्टाचारको फायल खोल्ने दावी गरेका छन् ।
नव निर्वाचित कार्कीले आज शपथ ग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिदैँ भ्रष्टाचारको फायल खोल्ने दावी गरेका हुन् ।
अघिल्लो कार्यकालमा तपाईहरुले चकम भ्रष्टाचार भएको आरोप लगाउनु भएको थियो भन्ने केटिएम भ्वाइसको प्रश्नमा कार्कीले भने, अब हामी आएका छौँ पुराना सम्पुर्ण फाइल खोलेर सवै छानमिन गछौँ, भ्रष्टाचारी जो सुकै भए पनि हामी त्यसलाई कारबाही गछौँ ।
त्यो सँगै कार्कीले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, रोजगार, सुसासन लगायतका विषयमा ध्यान दिएर बराहक्षेत्रको विकास गर्ने आश्वासन दिए । उनले भने, मैले बराहक्षेत्रको समृद्धिको निम्ति शिक्षा, स्वास्थ्य, रोजगार, सुसासनको क्षेत्रमा काम गर्ने छु, ५ वर्षपछि बराहक्षेत्र नगरपालिका नमुना नगरको रुपमा बिकास गरेर देखाउने छु । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बराहक्षेत्र नगरपालिकामा मेयरमा नेपाली कांग्रेस बाट कार्की १९,२९३ मत ल्याई विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार निलम खनाललाई ५,१३९ मतान्तरले पराजित गरेका हुन् । पराजित निलम खनालले १४,१५४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार नन्दकुमारी सुनुवार १५,७६६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार अमित गौतमले १०,५४४ मत ल्याएका छन् ।

















