Dhulikhel Eco Banner new

काठमाडौंमा खसी बोका बिक्री सुरु (मूल्य सूचीसहित)

15.08K
shares

काठमाडौं, ३० असोज । काठमाडौंमा खसी बाेकाकाे बिक्री सुरु भएकाे जिउँदो  खसीको मुल्य ६७० रुपैयाँ रहेकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो ।

कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६७० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ५० रुपैँया रहेकाे छ ।

सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका मगलबार बिहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी, बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ ।