Dhulikhel Eco Banner new

प्रभु बैंकको नाफा एक अर्ब, चुक्ता पुँजी २३ अर्ब ५४ करोड

4.15K
shares

काठमाडौं, १७ कात्तिक । प्रभु बैंकको खुद नाफा एक अर्ब नाघेको छ । बैंकले शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकले ७० करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले वृद्धि भई २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ पुगेको  छ । बैंकको वितरणयोग्य नाफा भने १६ करोड ३४ लाख रुपैयाँ देखिएको छ ।बैंकको खराब कर्जा पनि वृद्धि भई ३.९७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकको यस्तो कर्जा १.६८ प्रतिशत मात्रै रहेको थियो ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने बैंकले जगेडा तथा कोषमा भने १० अर्ब ९३ करोड २८ लाख रुपैयाँ राखेको छ ।