Dhulikhel Eco Banner new

उपमेयरमा पराजित भए पछि यस्तो भने उदयपुरका माओबादी अध्यक्ष कटुवालले

20.33K
shares

काठमाडौं, १२ जेठ । स्थानीय तहको निर्वाचनमा उपमेयरमा पराजित भए पछि उदयपुरका नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (विवश) ले गठबन्धनको आन्तरिक व्यवस्थापनका कारण कटारी नगरपालिकामा पराजित भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा खेल्दै यस्तो बताएका हुन् ।

उनी गठबन्धनका तर्फबाट कटारी नगरपालिकाको उप–मेयरमा उम्मेदार बनेका थिए । उनले लेखेका छन्– ‘भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनमा गठबन्धनमा अमुल्य मतदान दिनुहुने सम्पुर्ण कटारीबासी मतदाता आमाबुवा दाजुभाई दिदी बैनीहरूमा हार्दिक आभार व्यक्त गर्दछु । हामी गठबन्धन (नेका र माओवादी केन्द्र ) मार्फत निर्वाचनमा आएका थियौँ । गठबन्धन जिल्लाभरि धेरै हदसम्म सफल भए पनि कटारी नपामा भने अपेक्षित सफलता पाउन सकेन । यसो हुनुमा गठबन्धन दुबै दलभित्रको असन्तुष्टिहरूलाई व्यवस्थापनमा असफल हुनु नै हो ।’

मेयर र केही वडाहरूमा सफलता मिलेकोले आशिक भए पनि गठबन्धन सफल नै भएको ठहर छ । म स्वयम् उपमेयरमा विजय पाउन असफल भएको छु । यसमा मैले कटारीवासी मतदाताहरूको मन जित्न सकिन । आउने दिनमा आम मतदाता र जनताको मन जित्ने कोसिस गर्ने छु उनले लेखेका छन् । यो निर्वाचनले धेरै अमुल्य शिक्षा दिएको छ । यसबाट राजनिति र समाजसेवाको क्षेत्रमा आफुलाई अझ परिपक्व बनाएको र मेरो क्रियाशिलता अझ बढने छ,’ उनले भने ।