उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
वि.सं.२०८२ चैत २७ शुक्रवार १४:२६
shares

काठमाडौं, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बहालवाला सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै मन्त्रीद्वयले आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्।
यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक शाह विवादमा परेपछि पदबाट हटाइएका थिए। त्यस्तै उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं राख्दै आएका थिए।
सरकारको यस निर्णयलाई प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउने तथा मन्त्रालयहरूको कार्यसम्पादनलाई तीव्रता दिने प्रयासका रूपमा हेरिएको छ।



















