Dhulikhel Eco Banner new

नेताहरु व्यापारीसँग पैसा असुल्नतिर लागे, कसरी हुन्छ अर्थतन्त्र सुधार !

9.14K
shares

काठमाडौं, ६ मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमास वित्तीय क्षेत्रका लागि खासै सुखद हुन् सकेन । धेरै बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटेको छ । कृषि विकास बैंक लगायतका संस्थाहरु त घाटामै गएका छन् । अर्थतन्त्रमा देखिएका चुनौती र समाधानका विषयमा हामीले नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, केटिएम भ्वाइसकर्मी रोजिना काप्रीले दाहालसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईको नजरमा अर्थतन्त्रको अवस्था कस्तो छ ?
अर्थतन्त्र तपाई हामीले देखिरहेका छौँ । मूख्य कुरा भनेको सरकारको राजश्व र खर्च हो । त्यो ने गोलमाल अवस्थामा छ । अब अरु विदेशी मुद्रा सञ्चिति ऋण नै लिएर भएपनि लगानी गरेर भोलि कमाउनको लागि केही सुध्रेको देखिन्छ । हामीले ऋण लिएका छौं । ऋण लिएर राम्रो सँग सदुपयोग गरेर लगानी गर्ने हो भने विदेशी म्द्रा सञ्चिति ठिकै छ । मंहगी पनि हायर साइडमै देखिन्छ । चिनीको कुरा गर्ने हो भने इन्डियामा ४५÷४७ रुपैयाँ आइसीमा पाइन्छ । यहाँ चिनी पाइदैन । पाइए पनि १७०/१८० सम्म भन्दै छन् ।

भनेपछि अर्थतन्त्र ठिक गतिमा चलिराखेको त छैन । सबैभन्दा मूख्य कुरा राजनीतिकर्मीहरु नै यो कुरामा इमान्दार देखिनु हुँदैन । नेपाल स्टक एक्सेञ्जमा ९० प्रतिशत सरकार र सरकारी संस्थाहरुको लगानी छ । नाफामै चलिरहेको छ । यसलाई कति चाँडै चाहिँ पाइभेट सेक्टरलाई दिने भनेर लागि परिराख्नु भएको छ उहाँहरु । मलाई के लाग्छ भने अहिलेको पाराले अर्थतन्त्र सुध्रिदैन । कांग्रेस, कम्युनिष्टहरु व्यवसायीसँग पैसा लिने फाइदा हुने काममा लाग्ने गर्नुभएको छ । यसरी अर्थतन्त्र कसरी सुध्रिएला खै ? सुशासनको अभावले गर्दा मलाई यो अर्थतन्त्र त्यस्तो राम्रो छ जस्तो लाग्दैन । राजस्व कम संकलन हुनुमा पनि म सुशासनको ठुलै पक्ष देख्छु । राजस्व राम्रोसँग उठाउँन सकिएको छैन ।
यस्तो हुनाले श्रीलंका, पाकिस्तान जस्तो पुरै खस्केको पनि होइन तर त्यस्तो गतिलो पनि होइन त्यसो हुनाले मेहनत गर्यो भने सुध्रिन सक्ने नभएदेखि अहिलेको अर्थतन्त्रको स्थिति गतिलो छैन भन्दा ठिक होला ।

दशैं तिहार जस्ता चार्डपर्वले अर्थतन्त्रलाई कस्तो प्रभाव पर्छ ?
यस्ता चार्डहरुले त अर्थतन्त्र चलाएमान बनाएहोला त । किनभने रेमिट्यान्स आउँछ मान्छेहरुले खर्च गर्छन् । त्यसैले चार्डपर्वले अर्थतन्त्रलाई त चलायमान बनाउँने नै हो के कति बनायो भन्ने व्यवसायी साथीहरुलाई थाहा होला मैले हेर्दा त गतिविधि बढेकै देख्छु ।

बैंकहरुमा तरलताको अवस्था त अलि सहज भयो होइन ?
तरलता अहिलेको अवस्था निकै सहज छ । ९० प्रतिशतसम्म लोन दिन पाउँने । बैंकहरुसँग कर्जा दिन त एकदमै सहज छ । ब्याजदर पनि घटिरहेको छ । अहिले बैैंकको सिडि रेसियो अहिले ८१ दशमलव ५५ प्रतिशत छ । यो समयमा निकै कन्फरटेबल अवस्थामा छन् बैंकहरु त ।

तरलता त भयो, अझै पनि व्यवसायीहरुले ऋण लिने हिम्मत किन नगरेका होलान् ?
व्यवसायीहरुमा कन्फिडेन्सको अभाव होला कि जस्तो लाग्छ मलाई । मेन कुरा म गर्नसक्छु, मेरो दिमाग बढ्छ भन्ने कुराको अभाव होला । के–के वस्तु आयात भइरहेको छ । आयात भएका वस्तुहरुलाई प्रतिस्थापन गर्नेतर्फ उहाँहरु लाग्नुभयो भने मार्केट त यहिँ छ जस्तो लाग्छ ।

बैंकको नाफा घटेको छ । यसले अर्थतन्त्रमा कस्तो संकेत गर्छ ?
बैंकहरुको निक्षेप घट्नाले अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ भन्ने संकेत त गर्छ नै ।

व्यवसायीहरुको व्यवसाय चलायमान बनाउँन बैंकिङ क्षेत्रले र सरकारले के गर्न सक्ला ?
बैंकिङ क्षेत्रले त केही ब्याजदर घटाउन सकिन्छ भने घटाउने भन्ने हो अहिले त्यसमा बैंकहरु लागिरहेका पनि देखिन्छ । ब्याजदर घटिरहेको पनि देखिन्छ पछिल्लो चरणमा । भनौं न, मसँग आम्दानी कम भयो भने त खर्च पनि मैले कम गर्छु नि त ।

त्यसले गर्दा सबै मानिसको आम्दानी बढाउन त रोजगारी सिर्जनादेखि लिएर आर्थिक गतिविधी नै चलायमान बनाउन पर्छ । कस्तो क्षेत्रमा के काम गर्दा आयातलाई प्रतिस्थापन गर्न सकिन्छ र निर्यातलाई बढाउन सकिन्छ ।

कसरी रोजगारी बढाउन सकिन्छ भनेर राज्यका त्यतिका निकायहरु छन् निकायहरुको काम नै तइहि हुनुपर्यो दायाँबायाँ लाग्ने नै होइन । मैले त अस्ति राष्ट्रपतिसँग भेट्ने अवसर पाएको थिएँ । मैले त्यतिबेला पनि हप्ताको एकदिन अर्थतन्त्रका मान्छेसँग बाहेक कोहिसँग पनि नभेट्नु है भनेको थिएँ । प्रधानमन्त्रीले पनि अर्थतन्त्रमा यतिका समस्या छ भने राजनितीका थाग्ना मसिना गफतिर होइन कि कसरी हुन्छ यो अर्थतन्त्र सुधार्ने भन्ने कुरामा उहाँहरुको ध्यान जान जरुरी छ । तर, गएको जस्तो लाग्दैन ।

अहिले मंहगी बढिरहेको अवस्था छ । अहिले पनि बैंकको मुद्रास्फिति राष्ट्र बैंकले तोकेको सीमामा छैन । तपाईलाई के लाग्छ यो वर्ष मुद्रास्फिति राष्ट्र बैंकले तोकेको सीमाभित्र रहन्छ ?
भारतमा सुधार भयो भने सुधार हुन सक्छ । अब मैले यसअघि नै चिनीको उदाहरण दिए । भारतमा ४५/४७ रुपैयाँ आइसीमा पाइने चिनी यहाँ १७०/१८० कति भन्दै छन् भनेपछि भारतमा सुधार भएर पनि कतिपय वस्तुमा नेपालको राज्यसंयन्त्र ठिक नहुँदा यहाँ सुधार हुँदैन भन्ने देखिन्छ । यो सबै कुराहरु सुशासनसँग गएर जोडिएको छ । यहिँ पाराले सरकार चलेर चाहिँ देश सुध्रिनेवाला छैन । अब हामीले कांग्रेस, कम्युनिष्टको विकल्प हेर्ने हिसाबले अघि बढ्नुपर्छ त्यहिँ नै हो मैले देखेँको ।