Dhulikhel Eco Banner new

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

4.91K
shares

काठमाडौं, ८ मसिंर । सर्वसाधारणका लागि मसिंर ८ शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक शेयर (आईपीओ)मा आवेदन खुलेको छ ।

कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता शेयर जारी हुन लागेको हो ।कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत शेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो ।