हिमालयन रि इन्स्योरेन्सको आईपीओ भर्नु भयो त ?
वि.सं.२०८० पुस २ सोमवार ११:५३
shares

काठमाडौं, २१ मंसिर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने आज सोमबार अन्तिम दिन हो । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन शुरु गरेको थियो । कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको आईपीयो बाँडफाँड गरेर अब सर्वसाधारणका लागी आईपीओ निष्काशन शुरू गरेकाे हाे ।
कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।



















