Dhulikhel Eco Banner new

लघुवित्त बैंकर्स संघकाे अध्यक्षमा यादव निर्वाचित

12.03K
shares

काठमाडौं, ६ पुस । लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन भएका छन् । शुक्रबार सम्पन्न संघको साधारणसभाबाट यादवकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे ।

संघको अध्यक्षमा पूर्व अध्यक्ष बसन्तराज लम्साल समेत आकांक्षी थिए । लम्सालले छाडेपछि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हाे ।

संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् भने महासचिवमा सञ्जय मण्डल, सचिवमा गंगाराम पाण्डे र काेषाध्यक्षमा विनाेद आचार्य चयन भएका छन् ।

संघकाे सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बम, सौगात चौधरी, श्याम कटुवाल, शारदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।