नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने
वि.सं.२०८० पुस ८ आइतवार १०:११
shares

काठमाडौं, ८ पुस । नेपाल टेलिकमले शेयरधनीहरुलाई प्रतिशत शेयर ४० रुपैयाँ (४० प्रतिशत) नगद लाभांश दिने भएको छ । कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। उक्त साधारणसभाले लाभांश पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ।















