तत्कालिन बोर्ड अध्यक्षको पद नै खाइदिने सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत
वि.सं.२०८० पुस ११ बुधवार ०८:००
shares

काठमाडौं, ११ पुस । सर्वोत्तम सिमेन्टको साधारण शेयर (आईपीओ) बुकविल्डिङ प्रक्रियाबाट निश्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले यसका लागि कम्पनीलाई स्वीकृति प्रदान गरेको छ ।
स्मरण रहोस्, सर्वोत्तम सिमेन्ट बुकविल्डिङ प्रकरणकै कारण तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाको पद गएको थियो ।
कम्पनीले ३६ लाख कित्ता शेयर सर्वसाधारणका लागि रु ३६० दशमलव ९ रुपैयाँ दरमा जारी गर्ने अनुमति पाएको छ । यो कम्पनीको जारी पुँजीको ७।७४ प्रतिशत अर्थात रु ४।६५ अर्ब हो ।
यसअघि निर्देशिका अनुसार सिमेन्ट कम्पनीले २०८० मंसिर ६ देखि १० गतेसम्म बुक बिल्डिङ प्रक्रियामार्फत आफ्नो प्राथमिक शेयर योग्य संस्थागत लगानीकर्ता ९क्यूआईआई० लाई जारी गरेको थियो । सुरुमा प्रस्ताव गरिएको २४ लाख कित्ताको तुलनामा कुल ४१ योग्य संस्थागत लगानीकर्ताले ३६ लाख १९ हजार १९० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।



















