Dhulikhel Eco Banner new

लटरम्म फलेको सुन्तला र विक्री (तस्विरसहित)

6.25K
shares

बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ चम्रेकोटमा रहेको सुदर्शन सुन्तला फर्ममा लटरम्म फलेको सुन्तला ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका३ स्थित माझ गाउँमा लटरम्म फलेको सुन्तला ।

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त छन् । पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडौँ, नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिकाका२ वालिङ गाउँका स्थानीय कृषक मल्दिम राईको सुन्तला बगैँचा । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा जाने गरेको उहाँको भनाइ छ ।

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो ।
चितवनको इच्छाकामना–३ माझ गाउँमा सुन्तला महोत्सवको उद्घाटन कार्यक्रममा सोमबार देवता बस्दै चेपाङ झाँक्री ‘पान्दे’।