Dhulikhel Eco Banner new

नाडाको ४७ औँ साधारणसभा पुष २० गते

5.99K
shares

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४७ औँ साधारणसभा पुष २० गते गर्ने भएको छ । नाडाका अध्यक्ष डा. ध्रुव थापाको अध्यक्षतामा मंसिर ११ गते बसेको २२ औँ केन्द्रीय कार्यसमितीको बैठकले पुष २१ गते साधारणसभा गर्ने निर्णय भएको हो ।

नाडाको साधारणसभा होटल सोल्टीमा हुने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए । नाडाको पदाधिकारीमा सर्वसम्मत भएपछि निर्वाचन भने नहुने भएको महासचिव उप्रेतीले जनाएका छन् ।

उप्रेतीका अनुसार सर्वसम्मत निर्वाचन भएका पदाधिकारीलाई सोही दिन प्रमाणपत्र समेत दिने भएको छ ।

नाडाको अध्यक्षमा करण चौधरी निर्विरोध भएका हुन् । पुस १३ गते शुक्रवार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । जसअनुसार अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

त्यस्तै, १७ सदस्यीय कार्यसमितिमा सदस्यमा सबै निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा आकाश गोल्छा, राजन श्रेष्ठ, निराकर श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, मिलनबहादुर मल्ल, सौरभ थापा छन् ।

नाडाका निर्वाचित पादाधिकारीहरु

अन्य सदस्यहरुमा पंकज अग्रवाल,सुनिल रिजाल,यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश कपुरी, दीपेन्द्र मिश्र,नवराज भुषाल, कपिल शिवाकोटी, रिद्दि कार्की र सन्जय खेतान छन् । नाडाका अध्यक्ष ध्रुब थापाले साधरणसभाबाट निर्विरोध निर्वाचितहुनेहरुको नाम घोषणा गरिने छ । त्यसपछि थप पदाधिकारीकालागि निर्वाचित सदस्यविच निर्वाचन हुने उनको भनाई छ ।

त्यस्तै, ७ वटै प्रदेशमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कोसीबाट मोरङ अटोमोवाल्स् डिलर्स एसोसिएसनका सञ्जयकुमार श्रेष्ठ, मधेशबाट जानकी अटोमोवाइल्स् एसोसिएसन अफ नेपालका तेजनारायण साह, वाग्मती प्रदेशबाट चितवन अटोमोवाइल्स् एसोसिएसनका कुलबहादुर क्षेत्री रहेका छन् ।

त्यस्तै, गण्डकीबाट वेस्टर्न अटोमोवाइल्स् डिलर्स एसोसिएसनका कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनि प्रदेशबाट लुम्बिनी अटोमोवाइल्स् एसोसिएसन् अफ नेपालका गणेश प्रसाद भट्टराई, कर्णाली प्रदेशबाट कर्णाली अटोमोवाइल्स् एसोसिएसन् नेपालका भद्र भण्डारी र सुदुरपश्चिमबाट फार वेस्टर्न अटोमोवाइल्स् डिलर्स एसोसिएसनका पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका हुन् ।