GBIME

सार्वजनिक यातयात महासंघले माघ ११ गते साधारणसभा गर्ने

870
shares

सार्वजनिक यातयात केन्द्रीय महासंघ नेपालले चौथो वार्षिक साधारणसभा गर्ने भएको छ । महासंघको पुस १७ गते बसेको कार्यसमिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

महासंघले सभा माघ ११ गते बिहीबार महासंघको केन्द्रीय कार्यालय बानेश्वर–१० काठमाडौंमा गर्ने भएको हो ।

महासंघले केन्द्रीय पदाधिकारी, परिष्ठ सदस्य, केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, वर्गिय संयोजक, सम्पूर्ण महासंघ सदस्यलगायत यातायात व्यवसायी, यातायात सहकारी, पर्यटन यातायात र सल्लाकारलाई साधारणसभामा भाग निल आवह्वान गरेको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन पेस, संगठनको अवधारणा पेस, आर्थिक वर्ष ०७९–०८०को लेखापरिक्षण पेस र त्यसको अनुमोदन गर्ने प्रस्ताव रहेको महासंघले जनाएको छ ।

त्यस्तै, लेखापरिक्षक नियुक्ती रपरिक्षको पारिश्रमीक निर्धारण, कोषअध्यक्षको तर्फबाट आव ०८०–०८१ को लागि बजेट पेस, महासंघको केन्द्रीय कार्यालय सार्ने, महासंघको विरुद्धमा उजुरी परेको छलफल लगायतका विविध विषयमा छलफल हुने महासंघले जनाएको छ ।