लटरम्म फलेको सुन्तला र विक्री (तस्विरसहित)
वि.सं.२०८० पुस १८ बुधवार ०७:१५
shares
कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको सुन्तला ।
बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त छन् । पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडौँ, नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।



















