Dhulikhel Eco Banner new

सामाजिक सुरक्षा भत्तामा ४६ अर्ब खर्च

4.9K
shares

काठमाडौं, १५ जेठ । देशभरबाट चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक सुरक्षा भत्ताबापत ४६ अर्बभन्दा बढी रकम खर्च भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म ४६ अर्ब ४२ करोड ३५ लाख ४० हजार ३१० रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या एकवर्षमा ६ लाखले बढेको छ । आर्थिक सर्वेक्षणमा दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३४ लाख ५० हजार ८ सय ९ पुगेको छ । यस्तो भत्ता बुझ्नको संख्या अघिल्लो वर्ष २८ लाख रहेको थियो ।

सरकारले बजेट मार्फत सामाजिक सुरक्षा भत्ता बढाउने तथा बृद्धभत्ताको पाउने उमेर घटाउने तयारी गरेको छ । अहिले सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धभत्ता,एकल महिला भत्ता,अपांग भत्ता,लोपोन्मुख जाति तथा बालबालिकालाई दिने गरेको छ ।