Dhulikhel Eco Banner new

प्रभु बैंकको करीब ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

5.8K
shares

काठमाडौं, १५ जेठ । प्रभु बैंकको ३९ हजार ८२० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।

बैंकले आइतवार सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु अग्रवालको नाममा रहेको १० हजार कित्ता गरी कुल ३९ हजार ८२० कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने बताएको छ ।

बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विक्री हुन नसकेको उक्त संस्थापक शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।

यो शेयरको प्रतिकित्ता मूल्य तोकिएको छैन । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।