Dhulikhel Eco Banner new

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांस दिने घोषणा

5.49K
shares

काठमाडौँ, २५ पुस । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ प्रतिश लाभांस दिने घोषणा गरेको छ ।

पुस आज विहान ९ बजे बसेको सञ्चालक समितिको ३१७ औँ बैठकले आर्थिक वर्ष २०८९–०८० को वित्तिय विवरणमा देखिएको मुनाफाबाट लाभांस वितराण गर्ने भएको हो ।

चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार मध्येबाट ८.६३ प्रतिशत अर्थात १९ करोड ८६ लाख २२ हजार चार सय दिने भएको हो ।

कम्पनीले ६.३७ प्रतिशत अर्थात १२ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ कर प्रयोजनको लागि समेत गरेर नगत लाभांस वितराण गर्ने भएको हो ।

लाभांस आगामी ३० औँ वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीका नायव महाप्रवन्धक ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए ।