सर्वोत्तम सिमेन्टको आईपीओमा आजबाट आवेदन दिन पाइने
वि.सं.२०८० पुस २५ बुधवार १०:३६
shares

काठमाडौँ, २५ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडले आईपीओ आजबाट भर्न पाईने भएको छ । कम्पनीले २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि र ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि आईपीओ निस्कासन गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका, पाल्पाको रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका र निस्दी गाउँपालिकाका बासिन्दाहरु छन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । त्यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

















