बीमा क्षेत्रकै बद्नाम गर्ने सूर्यज्योतिको हर्कत, बीमा प्राधिकरणको निर्णय समेत अटेरी
वि.सं.२०८० पुस २७ शुक्रवार १४:०७
shares

काठमाडौँ, २७ पुस । नेपालमा जीवन बीमाको बारेमा आम नागरिकलाई धेरै थाहाँ छैन । कतिपयले बीमाका बारेमा बुझेका छैनन् भने कतिपयले थोरै मात्र बुझेका छन् । तर, जतिले केही बुझेका छन् ति व्यक्तिहरु पनि बीमा आबद्ध हुन आएका छैनन् ।
बीमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९–०८० को तेस्रो त्रैँमासिकसम्म कुल जनसंख्याको ४४.५५ प्रतिशत जिवन बीमामा आबद्ध भएका छन् । अर्थात अहिले पनि आधा भन्दा धेरै ५५.४५ प्रतिशत व्यक्ति जीवन बीमामा जोडिएका छैनन् ।
कुल जनसंख्याको आधा भन्दा बढी व्यक्ति बीमामा नजोडिनुमा सूर्यज्योति लाइफ यन्स्योरेन्स लिमिटेड जस्ता जीवन बीमा कम्पनीले पनि भुमिका खेलेका छन् । सूर्यज्योति जस्ता कम्पनीले आफू त बद्नाम भएका छन् नै आफूसँगै अन्य राम्रा बीमा कम्पनीलाई समेत बद्नाम गराएका छन् ।
सूर्यज्योतिले गरेको बदमासीको पछिल्लो उदाहरण हो बीमित अंगत खड्कालाई बीमा बापतको क्षतिपूर्ती नदिनु । बीमा प्रधिरणले खड्लाई घातक रोग बापतको क्षतिपूर्ती रकम दिनु भनेर निर्णय गर्दा समेत सूर्यज्योतिले अटेरी गरेको छ ।
त्यसै त बीमा गरेपछि कुनै रोग लाग्यो भने बीमा कम्पनीले क्षतिपूर्ती दिदैन भन्ने एक थरि छन् । यसरी सूर्यज्योतिले खड्कालाई क्षतिपूर्ती दिन अटेरी गर्नुले जीवन बीमा कम्पनीले भनेको पैसा दिदैनन् भन्ने भाष्य सिर्जना हुन थप मदत पुगेको देखिन्छ । त्यसरी बीमकले पाउने पैसा नदीनुले अहिले भईरहेको १४ जिवन बीमा कम्पनी नै बद्नाम भएका छन् ।
के हो घट्ना ?
बीमित अंगत खड्काले २०७७ साल असोज ८ गते देखी लागु हुने गरी सूर्यज्योति लाइफ इन्स्योरेन्समा १२ लाखको घातक रोगको सुविधा पाउने गरी बीमा गराएका थिए । खड्काले बीमा गर्दा नै अफुलाई मघुमेहको रोग रहेको बताएका थिए ।
त्यसबेला सूर्यज्योतिले खड्कालाई मधुमेह रोग लागेपनि बीमा गराउन हुने बताएपछि उनले पनि १२ लाखको बीमा गराए । खड्का बीमा गरेको केही वर्षमा मेनिन्जाइटिस् (मानिसको टाउको भित्र मस्तिष्क छोप्ने एक खालको पर्दा) घातक रोगको शिकार भए ।
उनको त्यो रोग उपचार हुन नसक्ने उपेन्द्र देपवकोटा मेमोरियल नेटिओल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बासँबरी काठमाडौँका डाक्टरहरुले बताए । खड्काले आफुलाई घातक रोग लागेपछि उनले बीमा बापतको रकम दाबी गर्ने सूर्यज्योति लाइफ इन्स्योरोन्समा निवेदन दिए ।
तर, सूर्यज्योतिले खड्कालाई बीमा गर्नु भन्दा पहिले नै मधुमेहको रोग लागेको भन्दै खड्काले गरेको घातक रोगको क्षतिपूर्ती नदिने बतायो । आफुले पाउनपर्ने क्षतिपूर्ती नपाएको भन्दै खड्का सूर्यज्योतिको विरुद्धमा २०७९* साल भदौ २७ गते बीमा प्राधिकारण्मा उजुरी दिए ।
खड्काले दिएको उजुरी उपर प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सदस्यहरु सन्तोष रिजाल, कपिलदेव ओली र मान बहाुर अर्यालको एउटा छानमिन समिति बन्यो । उक्त समितिले वादी अंगत खड्का र प्रतिवादी सूर्यज्योतिको बयान लियो । आवश्यक कागजाज चेक गर्यो ।
प्राधिकरणका अध्यक्ष सिलवालको नेतृत्वमा भएको समितिले सूर्यज्योतिले खड्कालाई घातक रोक बापतको क्षतिपूर्ती दिनु भनेर गत मंसिर १४ गते निर्णय गर्यो ।
‘प्रस्तुत दाबीमा बीमितलाई बीमालेखको अवधि भित्र घातक रोग सम्बन्धि पूरक करार अन्तर्गत समावेश भई रक्षावरण प्रदान गरीएका ३५ प्रकारका रोगहरु मध्यको रोग लागेको पुष्टि हुने तथा बीमालेख बमोजिम रक्षावारण नहुने खालको रोग समेत भएको नदेखिने आधारमा बीमकको दायितव उत्पन्न हुने देखिन्छ ।’ भन्दै बीमा प्राधिकारणले निर्णय गर्यो ।
उक्त निर्णयको एक–एक प्रति वादी खड्का र प्रतिवादी सूर्यज्योतिलाई पठायो ।
तर, प्राधिकरणले गरेको निर्णय चित्त नबुझेको भन्दै सूर्यज्योति उच्च अदालतमा गएर मुद्दा दर्ता गराउने काम गर्यो । बीमा प्राधिकारणले गरेको निर्णय अनुसार खड्कालाई क्षतीपूर्ती दिनुको सट्टा सूर्यज्योतिले उच्च अदालत जाने भन्दै पुुस २३ गते खड्कालाई जनकारी दियो ।
सूर्यज्योति जस्ता जीवन बीमा कम्पनीकै कारणले आज समग्र जीवन बीमा कम्पनी बद्नाम भएका छन् । त्यसले गर्दा बीमामा आम ग्राहकको जुन किसिमको सहभागि हुनु पर्ने हो त्यो घट्ने देखिएको छ ।
सूर्यज्योतिको गैरजिम्मेवारीपन
बीमित अंगत खड्काको विषयमा बुझ्न केटिएम भ्वाइसले सूर्यज्यतिलाई सम्पर्क गर्दा कम्पनीले गैरजिम्मेवारीपन देखाएको छ । कम्पनीका आधिकारीक सूचना अधिकारीको जिम्मेवारी पाएका उमेश प्रसाद मैनालीले आफुलाई खड्काको विषयमा जानकारी नभएको बताए ।
‘…हामीलाई सबैकुरा कहाँ थाहा हुन्छ र ? विभागलाई थाहा होला’, मैनालीले केटिएम भ्वाइससँग रुखो स्वरमा भने, ‘बानेश्वरमा हाम्रो कर्यलय छ, त्यहाँ गएर बुझ्न भन्नु न ।’
केटिएम भ्वाइसले घट्ना बारे जानकारी गराउदा पनि सूचना अधिकारी मैनालीले खुलेर बोलेनन् । ‘यदि प्राधिकरणले निर्णय गरेको हो भनेपनि अदालतमा जाने पनि बाटो छ’, मौलानीले भने, ‘खै के हो त्यो विभागसँग बुझ्नु न ।’
*सूर्यज्योतिको विरुद्धमा २०७९ हुनुपर्नेमा २०८९ भएकोमा सच्याइएको छ ।
















