Dhulikhel Eco Banner new

हिमालयन रिइन्स्योरेन्सले ९ महिनामा कमायो करिब २० करोड नाफा

5.63K
shares

काठमाडौं, १५ जेठ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।

उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ महीनामा रू. १९ करोड ६४ लाख ५७ हजार खुद नाफा गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको खुद नाफा रू. १२ करोड ४७ लाख ८८ हजार थियो । यस अवधिमा कम्पनीको खर्च बढेपनि आम्दानी बृद्धि भएकाले खुद नाफा पनि बढ्न पुगेको हो ।

अघिल्लो त्रैमाससम्ममा रू. २० करोड ४३ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा रू. ३२ करोड ९ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च रकम पनि अघिल्लो त्रैमाससम्म रू. ७ करोड ९५ लाखभन्दा बढी भएकोमा यस त्रैमाससम्ममा रू. १२ करोड ४५ लाखभन्दा बढी भएको छ ।

९ महीनामा कम्पनीले रू. ५२ करोड ५९ लाखभन्दा बढी कुल बीमाशुल्क अर्जान गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको कुल बीमाशूल्क आर्जन रकम रू. ३० करोड ५५ लाखभन्दा बढी थियो ।

हाल रू. ७ अर्ब चुक्तापूँजी रहेको कम्पनीले प्रिमियममा सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि जेठ २७ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २ गतेको सञ्चालक समितिको बैठकले होटल अलफ्ट, ठमेल, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।

नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीको तेस्रो त्रैमाससम्म जगेडा कोष रकम २० करोडभन्दा बढी रहेको छ भने बीमाकोषमा रू. ४८ लाख १९ हजार रहेको छ ।