Dhulikhel Eco Banner new

विमान दुर्घटना भएको आशंका गरिएको स्थानमा सेना पठाइयो

5.32K
shares

काठमाडौं, १५ जेठ । तारा एयरलाइन्सका विमान दुर्घटना भएको आशंका गरिएको स्थानमा सेना पठाइएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दिएको जानकारी अनुसार नेपाली सेनालाई स्थलमार्गबाट त्यस तर्फ पठाइएको हो । त्यो क्षेत्रको मौसम खराब भएकाले सेनालाई स्थलमार्गबाटै पठाउनु परेको प्राधिकरणले जनाएको छ ।

आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको तराएयरको ९ एनएईटी कल साईन भएको ट्विनअटर विमान सम्पर्क विहीन भएको थियो । तीन जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर गएको विमान मुस्ताङको लेते नजिकै दुर्घटना भएको आशंका गरेर सो स्थानमा खोजि केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रमक कुमार दानीले जानकारी दिए ।

अहिले विमानको खोजिका लागि हेलिकप्टर परिचालन गरिएको र हेलिकप्तर पनि सम्भावित क्षेत्रमा जान नसकेर जोमसोन नै फकिएको नपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । अहिले हेलिकप्टर तयारी अवस्थामा राखिएको र मौसममा सुधार भएपछि तत्काल हेलिकप्टर त्यस तर्फ पठाउने प्राधिकरणले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बिहानै देखि मौसम प्रतिकुल रहेको यो क्षेत्रको मौसम अझ प्रतिकुल हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण घटना भएको भनिएको स्थानमा पुग्नका लागि अझै समस्या हुने देखिएको छ ।