Dhulikhel Eco Banner new

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

3.37K
shares

काठमाडौँ, २९ पुस । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार युरो १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ ।

आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८८ रुपैयाँ ९६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै आज मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ ।