Dhulikhel Eco Banner new

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

3.76K
shares

काठमाडौं, ३ माघ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ । बुधबार युरो १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा रहेको छ ।

बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५५ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा र बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।