Dhulikhel Eco Banner new

राष्ट्रिय योजना आयोगका सहसचिव काठमाडौं महानगरमा सरुवा

4.34K
shares

काठमाडौं, ५ माघ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियार काठमाडौं महानगरपालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका छन् ।

महानगरका मेयर बालेन्द्र शाहले प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई महानगर प्रवेस गर्ने रोक लागाएका थिए । अधिकारीको मधेश आयोगमा सरुवा भएका छन् । राष्ट्रिय योजना आयोगका परियार महानगर सरुवा भएका छन् ।

अधिकारी र महानगरका मेयर शाहबीच निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको विषयमा विवाद भएको थियो।

कार्यपालिकाको बैठकबाट भएको निर्णयमा महानगरका कर्मचारीको आफन्तलाई नियुक्त गर्ने गरि निर्णय प्रमाणिकरण गरेको भन्दै मेयर शाहले तीन कर्मचारीलाई निलम्बनका साथै अधिकारीलाई बिदामा राखेका थिए ।शाहको सचिवालयले उनको कार्यकक्षमा ताला समेत लगाएको थियो ।