Dhulikhel Eco Banner new

पुवा खोला–वान हाइड्रोपावरले १९ लाख बढी कित्ता आईपीओ निष्काशन गर्ने

4.99K
shares

काठमाडौं, १० माघ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर(आईपीओ) सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशन गर्ने लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । आज बुधबार आईपीओ निष्कासन गर्ने २ कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।