Dhulikhel Eco Banner new

२० वाणिज्य बैंककै घट्यो बेस रेट, ऋणको ब्याजदर कुन बैंकमा सस्तो ?

7.25K
shares

काठमाडौं, १५ माघ । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०–०८१ को पुस मसान्त अर्थात दोस्रो त्रैमासको वित्तीय विवरण सर्वजनिक गर्दा सबै बैंकहरुले बेस रेट घटेको छ । गत आर्थिक वर्ष २०८९–०८० को वर्षको पुस मसान्तसम्मको तुलनामा २० वाणिज्य बैंकहरुकै आधार दर घटेको छ ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेट सस्तो हुँदा ऋणको ब्याजदर पनि सस्तो हुन्छ । वाणिज्य बैंकहरुमध्ये चार्टर्ड स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको २ प्रतिशत भन्दा बढी बेस रेट घटेको छ भने एनएमबी, प्राइम र हिमालयन बैंकको १ प्रतिशत भन्दा कम घटेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७.५६ प्रतिशत बेस रेट छ भने गत आवको सोही अवधिमा स्ट्याण्डर्ड चार्टर्डको ९.६७ प्रतिशत थियो । गत वर्षको तुलनामा चार्टर्डको २.११ प्रतिशतले बेस रेट घटेको छ ।

गत आवको पुस मसान्तसम्ममा ११.४४ प्रतिशत बेस रेट भएको प्रभु बैंकको चालु आवको सोही अवधिमा भने ९.४२ प्रतिशत आधार दर रहेको छ । प्रभुको गत वर्षको तुलनामा २.०२ प्रतिशतले बेस रेट घटेको छ ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा सबैभन्दा कम हिलायलन बैंकको बेस रेट घटेको छ । हिमालयनको ०.२७ प्रतिशतले आधार दर घटेको छ । हिमालयनको चालु आवको पुस मसान्तसम्ममा १०.५१ प्रतिशत बेस रेट रहेको छ भने गत वर्षको सोही अवधिमा १०.८५ प्रतिशत रहेको थियो ।

एनएमबी बैंकको पनि १ प्रतिशत भन्दा कम बेस रेट घटेको छ । एनएमबीको चालु आवको दोस्रो त्रैमाससम्ममा ९.९५ प्रतिशत बेस रेट छ भने गत वर्षको सोही अवधिमा १०.६८ प्रतिशत थियो । एनएमबीको गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बेस रेट घटेको छ ।

प्राइम कमर्सियल बैंकको पनि १ प्रतिशत भन्दा कम आधार दर घटेको छ । प्राइम कमर्सियलको चालु आवको ६ महिनाको अवधिमा १०.३८ प्रतिशत बेस रेट छ भने गत आवको सोही अवधिमा ११.३५ प्रतिशत आधार दर थियो । गत वर्षको तुलनामा प्राइमको ०.९६ प्रतिशतले बेस रेट घटेको छ ।

बाँकी १५ वाणिज्य बैंकहरुको गत आवको पुस मसान्तको तुलनामा १ प्रतिशत भन्दा बढीले आधार दर घटेको छ । ३ वाणिज्य बैंकको बेस रेट डबल अंकमा छ भने अन्य १७ बैंकको भने सिंगल अंकको बेस रेट छ ।

चालु आवको पुस मसान्तसम्ममा कुमारी, प्राइम र हिमालयन बैंकको क्रमशः १०.२८, १०.३८ र १०.५९ प्रतिशत बेस रेट रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ८ प्रतिशत भन्दा कम छ भने नेपाल बैंक र एभरेष्ट बैंकको ९ प्रतिशत भन्दा कम बेस रेट छ । १३ वाणिज्य बैंकको चालु आवको पुस मसान्तसम्ममा १० प्रतिश भन्दा कम बेस रेट रहेको छ ।

गत वर्षको तुलनामा बेस रेट

कुन बैंकको बेस रेट कति ?

क्र.सं. बैंकको नाम पुस मसान्त २०८० प्रतिशत पुस मसान्त २०७९ प्रतिशत वृद्धिदर प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड ७.५६ ९.६७ –२.११
राष्ट्रिय वाणिज्य ७.९० ९.७३ –१.८३
नेपाल बैंक ८.५५ ९.९० –१.३५
एभरेष्ट ८.८७ ९.९७ –१.१०
नबिल ९.०७ १०.१० –१.०३
सिद्धार्थ ९.२८ १०.९१ –१.६३
सानिमा ९.२९ १०.८६ –१.५७
नेपाल इन्भेष्टमेन्ट ९.४१ १०.४२ –१.०१
प्रभु ९.४२ ११.४४ –२.०२
१० ग्लोवल आइएमई ९.६० १०.८० –१.२०
११ नेपाल एसबीआई ९.६६ १०.७५ –१.०९
१२ एनआईसी एशिया ९.६८ ११.०२ –१.३४
१३ माछापुच्छ्रे ९.७८ ११.२३ –१.४५
१४ सिटिजन ९.८१ ११.३९ –१.५८
१५ कृषि विकास ९.८२ ११.०६ –१.२४
१६ एनएमबी ९.९५ १०.६८ –०.७३
१७ लक्ष्मी ९.९९ ११.३७ –१.३८
१८ कुमारी १०.२८ ११.७३ –१.४५
१९ प्राइम १०.३८ ११.३४ –०.९६
२० हिमालयन १०.५९ १०.८६ –०.२७