Dhulikhel Eco Banner new

सहकारीको अनुगमन गर्न राष्ट्र बैंकले अस्वीकार गर्यो

6.15K
shares

काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन गर्ने अस्वीकार गरेको छ । सरकारले अनुगमन तथा निरिक्षण गर्ने गरेको सिफारीसमा राष्ट्र बैंकले अस्वीकार गरेको हो ।

सहकारी संघ संस्था छुट्टै ऐन अन्तर्गत छुट्टै निकायले दर्ता गरेको र आफ्नो कार्य क्षेत्रमा नपर्ने भन्दै अनुगमन नगर्ने राष्ट्र बैंकले जनाएको छ । आवश्यक परे राष्ट्र बैंकले सहकारी विभागलाई विज्ञ उपलब्ध भने गराउने तर आफै अनुगमन तथा निरिक्षण भने नगर्ने बताएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरिक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको थियो ।

मन्त्रालयले केहि दिन अघि लालीगुराँस बहुउद्देश्यीय, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण, गौतम श्री बहुउद्देश्यीय, शुभरत्न बचत तथा ऋण, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको थियो।