Dhulikhel Eco Banner new

सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका चौधरी अस्पताल भर्ना

7.66K
shares

काठमाडौं, १७ माघ । सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका अरुण चौधरी अस्पताल भर्ना भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीलाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखिने भएको छ। उनी चिरायु अस्पताल भर्ना भएका छन् ।

चौधरीलाई बिहीबारमात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरी अदालत पेश गरेको थियो । अदालतले चौधरीलाई ४ दिन थुनामा राख्न आदेश दिएको छ ।