हिम रिभर पावर र पियोर इनर्जीले आइपीओ ल्याउने
वि.सं.२०८० फागुन ३ बिहीवार १५:०२
5.68K
shares
shares

काठमाडौं, ३ फागुन । हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले साधारण शेयर (आइपीओ) ल्याउने भएका छन् । आइपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डसँग दुई कम्पनीले निवेदन दिएका छन् ।
हिम रिभरले १०० रुपैयाँ अंकित दरमा १३ करोड ३० लाख रुपैयाँ बराबरका १३ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।
पियोर इनर्जीले १६ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।
हिमको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ भने पियरको नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।



















