Dhulikhel Eco Banner new

साताको अन्तिम दिन नेप्से १४.४७ अंकले घट्यो, कारोबार ३ अर्ब बढी

4.69K
shares

काठमाडौं, ३ फागुन । बिहिबार साताको अन्तिम दिन शेयर कारोबार (नेप्से) १४.४७ अंकले घटेर २०६२.०३ अंकमा पुगेको छ ।

आज ७९ कम्पनीको शेयर बढ्दा १६३ कम्पनीको शेयर घटेको छ । ७ कम्पनीको शेयर भने स्थिर रहेको छ ।

आज ३ अर्ब ८६ करोड ९१ लाख बराबारको १ करोड १४ लाख ७ हजार २७४ कित्ता शेयर कारोबार भएको छ ।

बैंकिङ समुहको ०.५७ प्रतिशतले घटेको छ भने निर्माण र प्रशोधनको शेयर ०.१५ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.४० प्रतिशत, फाइन्यान्स २.७१ प्रतिशत, होटल तथा टुरिजम ०.६३ प्रतिशत, हाइड्रोपावर ०.३० प्रतिशतर र लाईफ इन्स्योरेन्स तफ ०.६८ प्रतिशतले शेयर घटेको छ ।