Dhulikhel Eco Banner new

एक हप्ताको शेयर कारोबार : कुन दिन कस्तो ?

4.45K
shares

काठमाडौं, ३ फागुन । गत माघ २८ गतेदेखि आज फागुन ३ गते सम्म नेप्से परिसूचक ३ दिन घटेको छ भने २ दिन बढेको छ । शेयर बजार आईतबार १०.५० अंकले, मंगलबार ३०.५६ अंकले १४.४७ अंकले शेयर बजार घटेको छ ।

साताको दोस्रो कारोबार अर्थात गत सोमबार १५.३३ अकंले र ५.९१ अंकले नेप्से बढेको छ । आज बजार बन्द हुँदा नेप्से परिसूचक २०६२.०३ अंकमा पुगेको छ ।

आईतबार
आईतबार नेप्से परिसूचक १०.५० अङ्कले ओरालो लागेर २०८५.८२ मा सीमित भएको थियो । १ करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता शेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ मूल्यमा खरिद बिक्री भएका थिए ।

सोमबार
सोमबार नेप्से १५.३३ अकंले बढेर २१०१.१६ बिन्दुमा बन्द भएको थियो । सोमबार ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार
मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ को बिन्दुमा कायम भएको थियो । आज ३०५ कम्पनीका १ करोड २१ लाख ६५ हजार २०२ कित्ता शेयर ८२ हजार ५९९ पटक खरिद बिक्री भएका थिए । त्यसबाट ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार
बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० को विन्दुमा बन्द भएको थियो । बजार बढ्दा १३२ कम्पनीको शेयरभाउ बढेको थियो भने १११ कम्पनीको शेयरभाउ घटेको थियो । बुधबचार ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ ।

४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँमा १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर किनबेच भएका थिए ।

बिहिबार
बिहिबार साताको अन्तिम दिन शेयर कारोबार (नेप्से) १४.४७ अंकले घटेर २०६२.०३ अंकमा पुगेको छ ।

आज ७९ कम्पनीको शेयर बढ्दा १६३ कम्पनीको शेयर घटेको छ । ७ कम्पनीको शेयर भने स्थिर रहेको छ । आज ३ अर्ब ८६ करोड ९१ लाख बराबारको १ करोड १४ लाख ७ हजार २७४ कित्ता शेयर कारोबार भएको छ ।