Dhulikhel Eco Banner new

सातामा निरन्तर घट्यो शेयर बजार, कुन दिन कति कारोबार ?

5.5K
shares

काठमाडौं, १० फागुन । नेपाल स्टक एकसेञ्ज एक साता देखि निरन्त घटिरहेको छ । सोमबार प्रजातन्त्र दिवस परेकाले करोबार हुन नपाएको शेयर बजार कारोबार भएको दिन निरन्तर घटिरहेको छ ।

मंगलबार र बुधबार झिनो अंकले शेयर घटेको भएपनि आईतबार र बिहिबार भने दोहोरो अंकले शेयर घटेको छ ।

आईतबार
आईतबार साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज परिसूचक २७.२१ अंकले ओरालो लागेर २०३४.८२ मा सीमित भएको थियो ।

कूल १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर ३ अर्ब ७७ करोड ५४ दाख २२ हजार मूल्यमा कारोबार भएको थियो ।

मंगलबार
मंगलबार शेयर बजार १.७६ अंकले घटेर २,०३३ को विन्दुमा कायम भएको थियो । आज १५० कम्पनीको शेयर मुल्य घटेको थियो भने भने ९० कम्पनीको शेयर मुल्य बढेको थियो ।

मंलबार दिनभरिमा ३१४ कम्पनीको ९३ करोड ४२ लाख ५४६ रुपैयाँ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

बुधबार
बुधबार नेप्से ६.४६ अंकले घटेर २०२६.९५ अंक कायम भएको थियो । शेयर कारोबार भएको कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयर घटेको थियो भने ८० वटा कम्पनीको मूल्य बढेको थियो । ९ वटा कम्पनीको शेयर भने स्थिर रहेको थियो ।

बुधबार ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजारमा कारोबार भएको थियो ।

बिहिबार
साताको अन्तिम शेयर कारोबार बिहिबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दु कायम भएको थियो । आज १९७ वटा कम्पनीको शेयर घट्दा ४९ वटा कम्पनीको शेयर भने बढेको थियो । २ कम्पनीको शेयर भने स्थिर रहेको थियो ।

आज बजार बन्दा हुँदा सम्म ३ अर्ब २० करोड ६१ लाख ६७ हजारको रुपैयाँ बराबारको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच भएको थियो ।