Dhulikhel Eco Banner new

मिर्मिरेका अध्यक्ष फुयलले लिए सपथ

4.98K
shares

काठमाडौं, १६ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष सन्तोष फुयलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल समक्ष फुयलले सपथ लिएका हुन् ।

खोटाङ दिक्तेल नगरपालिका–२ का फुयाँल सोमबार सम्पन्न साधारणसभाबाट सञ्चालक र त्यसलगत्तै बसेको सञ्चालक समिति बैठकबाट अध्यक्ष चयन भएका थिए ।

फुयल संस्थापक संचालक तथा विगत ८ वर्ष देखि मिर्मिरेको संचालकको कार्यभारमा रहेका फुयल नयाँ संचालक समितिमा निर्वाचित भएका हुन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका फुयल यस अघि ५ पटक मर्जर समितिको संयोजक तथा हालै नेरुडे लघुवित्त संग मर्जर हुन लागेको मर्जर समितिको सदस्य समेत थिए ।