४ संघले भने ‘बैंकिङ्ग क्षेत्रमा धरपकड आतंकित र निन्दनिय’
वि.सं.२०८० फागुन १६ बुधवार १८:४८
shares

काठमाडौं, १६ फागुन । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बैंकिङ्ग क्षेत्रमा भएको धरपकड आतंकित र निन्दनिय भएको बताएको छ । अज एक विज्ञप्ती निकाल्दै ४ वाटा संघले यस्तो भनेको हो ।
प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजो पक्राउ गर्यो । पक्राउ गरेको विषयलाई लिएर ४ संघले यस्तो भनेको हो ।
‘पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग हामी माग गर्दछौँ’, संघले विज्ञप्तीमा भनेको छ, ‘ अतः बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको, यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोवल समेत खस्कन गएका हुंदा राज्यका सम्बन्धित निकायहरु यस बिषयमा गम्भिर भईदिन हामी आग्रह गर्दछौं ।’
यस्तो छ ४ संघले निकालेको विज्ञप्ती



















