७ महिनामा नेपालमा विदेशीले गरे ४५ अर्ब ४० करोड रुपैयाँ खर्च
वि.सं.२०८० फागुन २७ आइतवार १८:३७
shares

काठमाडौं, चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्ममा नेपालमा विदेशीले ४५ अर्ब ४० करोड रुपैयाँ खर्च गरेका छन् ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.५ प्रतिशतले वृद्धि भई रु.४५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३१ अर्ब ४१ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु. ३७ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.४४ अर्ब ३६ करोडले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४९.९ प्रतिशतले वृद्धि भई रु.१०४ अर्ब ७५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.६६ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.६९ अर्ब ८९ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४३ अर्ब ७४ करोड रहेको थियो ।


















