Dhulikhel Eco Banner new

पत्रकारले बिना धितो १० लाख ऋण पाउने

8.48K
shares

काठमाडौं, १६ जेठ । पत्रकारलाई सरकारले बिना धितो १० लाख सहुलियत ऋण दिने भएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन ।

नेपाल पत्रकार महासंघ लगायत पत्रकारका विभिन्न संघ–संगठनले श्रमजिबी पत्रकारलाई बिना धितो ऋणको व्यवस्था गर्न माग राख्दै आएका थिए । जसको सम्बोधन गर्दै पत्रकारलाई १० लाख ऋण प्रदान गरिने अर्थमन्त्री शर्माले बताए ।

आइतबार सार्वजनिक गरेको बजेटमा यो विषय नसमेटिएको विषयमा सोधिएको प्रश्नको जबाफ दिदै अर्थमन्त्री शर्मालय यस्तो बताएका हुन् । पत्रकारका विषयमा केही कुरा आउँछ कि भनेर अन्तिमसम्म घोरिएर हेरिएको तर कुनै पनि कार्यक्रम सुन्न नपाइएको पत्रकारको प्रश्नको उत्तर दिदै मन्त्री शर्माले यसमा पछि पनि समेट्न सकिने ठाउँ हुने भन्दै यो विषय समेटिने प्रतिवद्धता जनाएका हुन् ।