Dhulikhel Eco Banner new

एभरेष्ट बैंकले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

4.37K
shares

काठमाडौं, १६ जेठ । एभरेष्ट बैंक लिमिटेडले २० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्षे परिपक्व अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नाम दिइएको उक्त ऋणपत्रमा बैंकले लगानीकर्तालाई वार्षिक १०.५ प्रतिशत व्याज दिने जनाएको छ ।

सो ऋणपत्र निष्कासन अनुमति माग गर्दै बैंकले जेठ ११ मा नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो। उक्त ऋणपत्र निष्कासन अनुमति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका कुल २० लाख थान ऋणपत्र जारी गर्ने भएको हो ।

जारी गर्न लागिएको कुल ऋणपत्र कित्तामध्ये १२ लाख कित्ता संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता अन्य सर्वसाधरणलाई बिक्री गर्ने योजना बनाएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।